पुनमसँग रोमान्टिक दिनेश डिसी

काठमाडौं । गायक प्रविन बेडवालको स्वर रहेको गीत ‘एउटै तस्वीर’को भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा दीपेन्द्र के थापाको शब्द र हरी लम्सालको संगीत छ । गीतको अडियो र भिडियो मानसराज नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियोमा सञ्चारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस राज, गायक भीम बिष्ट र मोडल पुनम गौतम फिचर्ड छन् । भिडियोमा युवतीको प्रेमिल कल्पनामा रमाइरहेका तीन उमेर समूहका पुरुषहरुलाई देखाइएको छ ।

सञ्चारकर्मी डिसी हाल कान्तिपुर टेलिभिजन, कान्तिपुर एफएम तथा कान्तिपुर सिनेप्लेक्स टिभिका स्टेशन हेड हुन् । यस भिडियोका अभिनेता मानसको ‘भाइरल भैदियो’ बोलको गीत चर्चित बनेको थियो भने अर्को गीत ‘हिरो– भाईरल भैदियो २’ लाई पनि लाखौंले हेरेका छन् । गायक भीमका गीतहरु ‘मिनरल वाटर’ तथा ‘चम्चा पिलेट’ चर्चित छन् ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका छन् । भिडियोमा छायांकन उत्सव दाहाल र सम्पादन तथा कलर ग्रेडिंग शिलन लम्सालको रहेको छ ।