प्रेमीसँग मोबाइलमा बोल्दा युवतीलाई ४० कोर्रा

काबुल(एजेन्सी) । अफगानिस्तानबाट अमेरिकी सेना फर्किने घोषणा भएपछि तालिवानको क्रुरता देखिन सुरु भएको छ । यहाँको हेरात प्रान्तको हप्तागोला गाउँमा एक युवतीलाई फोनमा प्रेमीसँग बोलेको आरोपमा उनलाई सार्वजनिक स्थलमा ४० कोर्रा लगाइएको छ ।

तालिबानीले यो क्रुर सजायको भिडियो बनाएका छन् । फेसबुकमा यो घटना अप्रिल १३ मा सार्वजनिक गरिएको छ ।

समाचारअनुसार युवतीले शरिया कानूनविरुद्ध प्रेमीसँग कुराकानी गरेकी थिइन् । त्यसपछि स्थानीयले उनलाई सजाय दिलाउनका लागि तालिबान समक्ष पु¥याएका थिए । जसअनुसार कट्टरपन्थी मौलानले इस्लामी कानूनअनुसार उनलाई कोर्रा मार्ने सजाय सुनाएको थियो ।

ती युवतीलाई कोर्रा लगाउँदा सयौंको संख्यामा स्थानीय उपस्थित थिए । कोर्राको पीडाले चिच्याउदा पनि उनलाई कसैले सहयोग गरेनन् ।