किन रोयो गौरी र शिवको मन ?

काठमाडौं । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘डाँडाको वरपीपल’को पहिलो गीत ‘रुन्छ नि मेरो मन’ बुढासुब्बा युट्युबमार्फत सार्वजनिक भएको छ ।

राजेशपायल राई र सत्यकला राईको स्वर रहेको गीतमा शिव मुखियाको संगीत र नवराज गिरीको शब्द छ ।

गीतमा शिव श्रेष्ठ, गौरी मल्ल र सलोन बस्नेत फिचर्ड छन् । शोभित बस्नेतको निर्देशन रहेको फिल्ममा शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, राजीवजंग बस्नेतको अभिनय छ ।

पारिवारिक कथाको फिल्ममा नवराज गिरीको निर्माण छ । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, रामकाजी घिमिरेको लेखन, द एक्स ब्याण्डका शिव मुखिया र अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, गोविन्द राईको नृत्य र रामजी राउतको मुख्य सहायक निर्देशन रहेको छ ।