नेपाल भाषामा सुमनको भ्वासि जुया

काठमाडौं । गायिका सुमन श्रेष्ठ ‘मुना’ले गाएको नेपालभाषाको नयाँ गीत ‘भ्वासि जुया( उरन्ठ्यौलो भएर)’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा चन्देश्वर महर्जनको रचना र सुरेन्द्र श्रेष्ठको संगीत छ ।

भिडियोमा नेपालभाषा चलचित्रका कलाकार रुपेन्द्र श्रेष्ठ थक्वाःमि र मुस्कान राजभण्डारीको अभिनय छ ।

नेपालभाषाको फिल्म र सांगीतिक क्षेत्रका लोकप्रिय कलाकर्मी रामकृष्ण खड्गीको निर्देशन रहेको म्युजिक भिडियोमा रकी महर्जनको छायांकन र बालकृष्ण वंशीको सम्पादन छ ।