विश्वकै छोटो गीत सार्वजनिक

काठमाडौं । विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत ‘नढाटी भन तिमी’को लिरिकल भिडियो सार्वजनिक भएको छ ।

विश्वकै सबैभन्दा कम शब्दको छोटो गीत लेखेर विश्व रेकर्ड राखेका गीतकार डा. डीआर उपाध्यायले यो गीत लेखेका हुन् । राखेका छन् । गीतमा केवल १८ शब्द मात्र छन् ।

‘नढाटी भन तिमी
माया गर्छु भनी
सँगै जुनी कटाउँला
तिम्रै साथमा रमाउँला
धड्कीनु धड्कन बनी
छातीमै निदाउँनु तिमी ।’

सागर अधिकारी ‘शरद’को स्वर र संगीत रहेको गीतमा देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ ।