एउटा गीतमा मनीष र आरजु

काठमाडौं । गायक प्रतिक पौडेलको ‘एउटा गीत’ बोलको भिडियो सार्वजनिक भएको छ । प्रतिककै शब्द, संगीतमा समावेश गीतको भिडियोमा अभिनेता मनीष श्रेष्ठ र मोडल आरजु बैजुको अभिनय रहेको छ ।

भिडियोमा आफूले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरुका मिठामिठा क्षणहरुलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्यहरुलाई निर्देशक शिशिर खातीले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गरेका हुन् । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोबाट बजारमा आएको हो ।