सरोजको गीतमा सामाजिक सन्देश

काठमाडौं । गायक सरोज अधिकारीको स्वरमा रहेको गीत ‘दुई दिने जीवन’ सार्वजनिक भएको छ । युवापुस्तामा केन्द्रित गीतमा शब्द तथा संगीतसमेत गायक अधिकारी छ ।

गीतको र्यापमा किरण श्रेष्ठको स्वर र दीवाकर हित्त्लेरको शब्द छ । गीतमा विशाल गुरुङको एरेन्ज छ ।

म्युजिक भिडियोमा दीपक घिमिरे र पुजा ठाकुर फिचर्ड छन् । नितिन चन्द निर्देशक रहेको भिडियोमा सरोज अधिकारीको कथा, सब्बु तामाङको मेकअप, योदीन योञ्जन र राजु तिमिल्सिनाको छायांकन र निर्दशक चन्दकै सम्पादन छ ।

गीतले युवापुस्तालाई कुलतमा लाग्नु हुँदैन भन्ने सन्देश दिन खोजेको छ ।