अण्डरवेयर लगाएर भिडियो कल गर्छन् डेभिड

लसएञ्जल्स(एजेन्सी) । गायिकाबाट डिजाइनर बनेकी भिक्टोरिया बेकहमले आफ्नो फूटबलर पति डेभिडले भिडियो कलका समयमा अण्डरवेयर मात्र लगाउने गरेको खुलासा गरेकी छन् ।

उनले भिडियो कलमा सहज महशुस गर्नका लागि कम्मर माथि सर्त लगाउने भएपनि कम्मर मुनिको भागमा चाहिँ केवल अन्डरवेयर मात्र हुने गरेको खुलाएकी हुन् ।

‘मलाई केवल एक सर्टमा मात्र देखिन मनपर्दैन । त्यसकारण म पूर्ण रुपमा तयार हुन्छु । तर डेभिड त्यस्तो छैनन्’, उनले भनेकी छन् ।

डेभिड जुम कलको समयमा कम्मरमाथि सर्ट र टाइ लगाए पनि कम्मर मुनि घरमै बस्दा लगाउने कपडा प्रयोग गर्ने गरेको भिक्टोरियाले बताइन् । ‘जो व्यक्तिसँग डेभिडले भिडियो कलमा कुरा गरेको छ, उनीहरुले यो कुरा थाहा पाए भने पक्कै लजाउलान्’, उनले भनेकी छन् ।