यौनको सौखिन थिए हिटलर

लण्डन(एजेन्सी) । विश्वकै क्रुर तानाशाह जर्मनीका शासक एडोल्फ हिटलरको सेक्स लाइफलाई लिएर एक वृत्तचित्रमा नयाँ खुलासा भएको छ । वृत्तचित्र अनुसार हिटलर सेक्सको समयमा आफूमाथि पिसाब गर्ने महिलालाई अत्याधिक मनपराउथे ।

समाचारअनुसार उनको आफ्नो भतिजीसँग निकट सम्बन्ध थियो । उनमा पोर्नको लत नै थियो । हिटलर आफूमाथि अश्लील व्यवहार गर्ने महिलालाई निकै मनपराउथे ।

हिटलरले आफ्नी भतिजी गेली राउबलसँग करिब ६ वर्षसम्म सम्बन्ध राखेका थिए । हिटलरका पूर्व सहयोगी ओट्टो स्ट्रासरले जर्मन तानाशाह हिटलर आफूमाथि पिसाब गर्ने महिलालाई निकै मनपराउने गरेको स्वीकारेका छन् ।

ओट्टोले हिटलरले आफ्नो भतिजी गेलीलाई पनि पिसाब गराउन बाध्य बनाएको दाबी गरेका छन् । गेली सन् १९३१ मा हिटलरको म्यूनिखस्थित अपार्टमेन्टमा मृत भेटिएकी थिइन् । उनको टाउको गोली लागेको थियो ।

हत्याको समयमा उनको उमेर केवल २३ वर्षको मात्र थियो । हिटलरले गेलीलाई आफूमाथि घिनलाग्दो काम गर्न आदेश दिएका थिए । अभिनेत्री रेनाता मुलेरले पनि हिटलरले आफूलाई अश्लिल व्यवहार गर्न भनेको खुलाएकी थिइन् । रेनाताको पनि हिटलरका साथ यौन सम्बन्ध राखिरहँदा मृत्यु भएको थियो ।

यद्यपि हिटलर आफू सेक्सबाट टाढा रहेको र वेश्यावृत्तिको विरोध गर्ने गरेको दाबी गर्दै आएका थिए । वेश्यावृत्तिको विरोधी भए पनि हिटलर यौनकर्मीलाई आफ्नो प्राइभेट शोमा बोलाउथे र अश्लिल व्यवहार गर्न प्रोत्साहन गर्थे ।