राम हो झुमा होमा सुनील र गीता

काठमाडौं । गायिका मेलिना राई र श्रीकृष्ण क्षेत्रीको स्वर र विदुर गिरीको शब्दमा रहेको गीत ‘राम हो झुमा हो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा गायक श्रीकृष्णकै संगीत छ । छत्रभूमि म्युजिकले बजारमा ल्याएको भिडियोमा गीता ढुंगाना र सुनील क्षेत्री फिचर्ड छन् ।

गीतले गाउँमै काम गर्नुपर्छ र आफ्नै गाउँठाउँमा रमाउनुपर्छ भन्ने सन्देश दिएको छ ।

राम केएसीको निर्देशन रहेको भिडियोमा सुनीलकै कोरियोग्राफी, मिलन श्रेष्ठको सम्पादन, चक्रबहादुर महर्जनको छायांकन, रेनिस फागोको कलर छ ।