पुष्पको माया जालैमा सुनिसा

काठमाडौं । संगीतकार तथा गायक शम्भुजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा गोर्खा भर्सेस दोलखा’ सार्वजनिक भएको छ ।

गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ ।

सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचर्ड छन् ।

बुद्ध थापाको छायांकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

भिडियोमा दोलखा र गोर्खाका युवायुवतीबीचको प्रेमलाई देखाइएको छ ।