बिन्ती मलाईमा पुष्प, प्रियंका र विकास

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘बिन्ती मलाई’को भिडियो सार्वजनिक भएको छ । गीतमा जनक पहारीको शब्द र ताराप्रकाश लिम्बुको संगीत छ । गीत एलबम ‘वियोण्ड’मा समावेश छ ।

भिडियोमा प्रियंका कार्की, विकास लामिछाने र पुष्प खड्का फिचर्ड छन् । गीतको भाव अनुसार पुष्प नेपाली सेनाको बम डिस्पोजल टोलीका सदस्य हुन्छन् ।

उनी प्रियंकाको प्रेममा रहे पनि प्रियंकाको पिताले बम डिस्पोज गर्ने सेनाको मान्छेलाई छोरी दिन नसक्ने भनेपछि प्रियंकाको विवाह विकाससँग हुन्छ । विकास र प्रियंका गाडीमा यात्रारत अवस्थामा सुरक्षा चेक हुँदा गाडीमा बम राखिएको थाहा पाएपछि पुष्प आएर बम डिस्पोज गर्छन् ।

दिनेश डिसी प्रोडक्सनकोे व्यानरमा निर्माण भएको भिडियोमा निर्देशक दिनेश डिसीको निर्देशन छ । भिडियोमा शिवराम श्रेष्ठको छायांकन, शिव विकको कोरियोग्राफी र माधव बेलबासेको सम्पादन छ ।

भिडियो ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।