विद्यालयको पुस्तकमा सुशान्तको सम्झना

मुम्बई(एजेन्सी) । दिवंगत अभिनेता सुशान्तसिंह राजपूत हामीमाझ नरहे पनि उनको सम्झना अहिले पनि दर्शकले गरिरहेका छन् । सुशान्तको बारेमा केही राम्रा खबर पनि आउछन्, जुन खबरले उनका फ्यान खुशी बन्छन् ।

समाचारअनुसार सुशान्तको तस्वीर बंगाली स्कुलको पाठ्यपुस्तकमा समेटिएको छ । यो तस्वीर सुशान्तको टेलिफिल्म ‘पवित्र रिश्ता’बाट लिइएको हो ।

विद्यालयले सुशान्तको तस्वीर परिवारको महत्व बुझाउनका लागि राखेको हो । जसमा सुशान्तलाई एक पिताको रुपमा चित्रण गरिएको छ । सुशान्तकी साथी स्मिता पारिखले आफ्नो ट्वीटर एकाउन्टमा पुस्तकको तस्वीर राखेकी छन् ।

‘एक अर्को प्राइमरी बांग्ला बुकले परिवार र पिताको रुप सम्झाउनका लागि हाम्रो प्यारो सुशान्तको फोटो राखेको छ । मलाई गर्व छ । यसबाट प्रष्ट हुन्छ कि हाम्रो शैक्षिक बोर्ड पनि उनलाई राम्रो मान्छन्’, उनले लेखेकी छन् ।

सन् २०२० को जून १४ मा सुशान्त घरमा मृत भेटिएका थिए । यसको डेढ महिना पछि उनका पिता केके सिंहले पटनामा रिया र उनको परिवारविरुद्ध एफआइआर दर्ता गराएका थिए । दर्तापछि यो घटनाको अनुसन्धान सीबीआईले गरेको थियो । अहिले पनि यो अनुसन्धान जारी नै छ ।