डीआरको आमामा १ सय ५ आमा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत ‘आमा’ सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवसको)को छेको पारेर गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो ।

यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ । यो गीत विश्व रेकर्डमा दर्ता भएको छ । कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को संगीत र देवेन्द्र नेवाःको संगीत संयोजन रहेको छ ।

नेपाली गीत संगीतमा डा. उपाध्यायले सर्वाधिक विश्व रेकर्ड कायम गरेका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित उनले गीत संगीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका हुन् ।