मातातीर्थ औंशीलाई प्रविणको आमा

काठमाडौं । मातातीर्थ औशीको छेको पारेर गायक प्रविण राजथलाले ‘आमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा प्रविणकै शब्द र संगीत छ भने गोपाल बराइलीको एरेञ्ज, चन्द्र चौधरीको मिक्सिङ छ ।

गीतको भिडियोमा प्रविण, सबी बज्राचार्य चौलागाई र सम्मन चौलागाईं फिचर्ड छन् ।

भिडियोमा रामकुमार केसी र सुदीप शर्माको छायांकन, टेकेन्द्र शाहको सम्पादन तथा कलर र सत्यराज चौलागाईंको निर्देशन छ । भिडियोकी निर्मात्री एलिजा महर्जन हुन् ।