डिस्चार्ज भए प्रकाश सपुत

काठमाडौं । १२ दिन अघि कोरोना संक्रमण देखिएका गायक तथा अभिनेता प्रकाश सपुत डिस्चार्ज भएका छन् । प्रकाशसँगै उनका भाई देबेन्द्र संक्रमणमुक्त भएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकबाट आफूसँगै आफ्नो भाई देवेन्द्र पनि संक्रमणमुक्त भएको उल्लेख गरेका छन् । उनकी आमा भने अझैं संक्रमित नै छिन् ।

‘नाता र भावनाले जोडिएका आफन्त इस्टमित्र एंव कलाकारितामार्फत जोडिनुभएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको छ । भाइ देवेन्द्र र म निको भएका छौं । विभिन्न माध्यमबाट शुभेच्छा प्रकट गर्नुहुने तपाई सबैलाई धेरै धेरै धन्यबाद ! कोरोना जित्न सकिन्छ । यो आत्मविश्वास बाड्न चाहन्छौ ।’ उनले लेखेका छन् ।

प्रकाशले आमा संक्रमित भए पनि बलियो आत्मविश्वासका साथ जुधिरहेको उल्लेख गरेका छन् ।

‘आज आमाको मुख हेर्ने दिन यसरी दुरी राखेरै भए पनि हामीले आमालाई माया र कृतज्ञ प्रकट गर्यौ । भावनात्मक हिसाबले यो तस्विर निकै पीडादायक छ । सतर्कता अपनाएर संक्रमितलाई हौसला र आत्मबल प्रदान गरौ । सुरक्षित र सकरात्मक रहौ !’ उनले लेखेका छन् ।