सन्तोष र सुनिताको ए माच्छी जालैमा

काठमाडौं । गायक सन्तोष फागो र गायिका सुनिता थेगिमको स्वरमा रहेको पूर्वेली गीत ‘ए माच्छी जालैमा’को स्टुडियो भिडियो रिलिज भएको छ ।

गीतमा दीपेन्द्र खड्काको शब्द, दीपेन्द्र र सन्तोषको लय तथा गायक र संगीतकार कृष्णभक्त राईको एरेञ्ज छ ।

गीतमा मुस्कान मुकारुङको मिक्सिङ र मास्टरिङ छ । गीतको किङ स्टुडियो र सेवा रेकर्ड स्टुडियोमा छायांकान र रेकर्डको काम गरिएको हो ।

भिडियोमा वीरेन मादेनको छायांकन छ । सिमिक्लुङ दर्पण युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा मनोज राईको सम्पादन छ ।