मायामा रोमान्टिक उषा र डिमन

काठमाडौं । गायक प्रताप दास र गायिका अनु चौधरीको स्वरमा रहेको ‘माया’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गोविन्द कुइँकेलको शब्द तथा डिबी लामाको संगीत छ ।

प्रेम र समर्पणलाई समेटिएको गीतका प्रस्तुतकर्ता मनोज कार्की हुन् । भिडियोमा उषा उप्रेती र डिमन क्षेत्री फिचर्ड छन् ।

संकल्प भुजेलको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोमा सजन कट्टेलको निर्देशन छ ।