फुलाराको म मरें भनें

काठमाडौं । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको नयाँ गीत ‘म मरे भने त यो शहरको डेरामा’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, संगीत र संगीत संयोजन रहेको गीतको भिडियो गीतकार फुलाराको यूट्युव च्यानल फुलारा इन्टरटेनमेन्ट नेट्वर्कमार्फत सार्वजनिक गरिएको हो ।

फुलारा लिटरेचर फाउण्डेशन नेपाल र द ल अफिसेस अफ बाशु डी फुलारा पिसिको संयुक्त सहकार्यमा निर्माण गरिएको उक्त गीतको पोष्ट प्रोडक्शन ‘बि स्क्वायर मिडिया र रेकर्डिङ द पिक स्टुडियोमा भएको थियो ।

संगीत सागर मगरद्वारा निर्देशित उक्त म्युजिक भिडियोमा संवाद लेखन जनकराज खकुरेलको रहेको छ । त्यसैगरी ध्वनी मिश्रण दिनेश राजवाहक, छायांकन तथा सम्पादन विश्वास भण्डारी, मेकअप क्रितिका श्रेष्ठको रहेको छ भने वाँसुरीमा संजीव मैनाली, गितारमा राहुल बिकले साथ दिएका छन् ।

गीतकार फुलाराको यस अघि आमाहरुमा समर्पित गीत ‘जुनसरी बिलाई गयौ’, कोरोना कहर विशेष ‘कस्तो भाइरस आयो’ जस्ता गीतहरु सार्वजनिक भइसकेका छन् ।