मर्छु होलामा देव र वर्षा

काठमाडौं । गायक गोपाल जीएमको स्वरमा रहेको ‘मर्छु होला’ गीतको भिडियो सार्वजनिक भएको छ । मायालु जोडीबिचको प्रेम पछिको विछोडलाई गीतमा मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।

देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ । भावनात्मक रुपमा प्रेममा आइपर्ने अप्ठ्यारो परिवेशलाई गीतमा समेटिएको छ ।

जीवन सेन्चुरीको छायांकन तथा सम्पादन एवम निर्देशन रहेको भिडियोमा देव बोहरा र वर्षा भण्डाराको अभिनय रहेको छ ।