फेसबुक लभमा फेसबुक पीडा

काठमाडौं । बिजि बर्मा फिल्मस्को व्यानरमा निमार्ण भएको सट फिल्म ‘फेसबुक लभ’ सार्वजनिक भएको छ । फेसबुकमा बोलेको भरमा भएको सम्बन्धबाट आइपर्ने समस्यालाई फिल्ममा देखाइएको छ ।

शंकर अधिकारी ‘घायल’को प्रस्तुती र लेखन तथा निर्देशन रहेको फिल्ममा शिखा पौडेल, रोशन बिसी र मोतीराम थापाको अभिनय छ ।

कला राईको निर्माण रहेको फिल्म बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको छ । फिल्ममा दिवस गुरुङको छायांकन, राजन महर्जनको नृत्य, अञ्जली थापाको सम्पादन, नित्या शिवाको स्वर र शंकर अधिकारी ‘घायल’को गीत र संगीत छ ।