राजको हिमालै राम्रो हिउँलेमा भीएफएक्स

काठमाडौं । अष्ट्रेलियामा बस्दै आएका गायक राज के गोस्वामी नयाँ गीत ‘हिमालै राम्रो हिउँले’ बोलको गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् ।

एलबम ‘कोशिस–२’ मा समावेश यो गीतमा सुमन कुँवरको शब्द तथा विक्रम थापाको संगीत र सन्दिप कार्कीको संगीत संयोजन छ । भीएफएक्स प्रविधिको प्रयोग गरिएको भिडियोमा बिजेश पौडेल र पुजा धामी फिचर्ड छन् ।

बिजेशकै निर्देशक, भीएफएक्स र सम्पादन रहेको भिडियोमा निशा पौडेलको छायांकन छ । भिडियोको प्रस्तुतकर्ता नेपाली टच हो । गायक गोस्वामी अष्ट्रेलियाका विभिन्न शहरहरुमा कन्सर्टसहितका कार्यक्रमहरु आयोजना गर्दै आएका छन् ।