प्रमिलाको सन्देशमूलक सेवा गरौं

काठमाडौं । कोराना कहरबाट सिर्जना भएको अप्ठ्यारो परिस्थितिलाई समेटेर तयार पारिएको गीत ‘सेवा गरौं’ सार्वजनिक भएको छ ।

गीतकार प्रमिला बस्नेतको शब्द रहेको गीतमा रोगको कारणबाट अप्ठ्यारो अवस्थामा भएका मानिसको पीर र व्यथालाई गीतमा समेटिएको छ । गीतमा पदम राई, ज्ञानु ज्ञान्मी, सुष्मा लिम्बु र संगीता रानपहेलीको स्वर रहेको छ ।

गीतकार बस्नेतले विश्व यतिखेर कोरोना महामारीको विपत्तीमा गुज्रिरहेको अवस्थामा यस्तो दुःखद परिवेशलाई नजिकबाट नियाल्दा मन भित्र उठेका भावना समेटेर गीत लेखेको बताइन् ।

गीतमा धनु गयामीको संगीत एवं एरेन्ज रहेको छ । सरोज दाहाल र मिना बासकोटा फिचर्ड भिडियोमा सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन र सरोज प्याकुरेलको निर्देशन छ ।