भाग्य लेख्ने मसीमा प्राश्ना शाक्य

काठमाडौं । गीतकार शान्तिराम भट्टराईको शब्द रहेको गीत ‘भाग्य लेख्ने मसी’ सार्वजनिक भएको छ । प्राश्ना शाक्यको स्वर रहेको गीतमा शक्ति बल्लभको संगीत, मनोहर सुनामको संगीत संयोजन तथा भोला पौडेलको रेकर्डिङ तथा मिक्सिङ छ ।

आफ्नो व्यस्त समयको बाबजुद पनि गीतकार शान्तिराम भट्टराई गीति लेखनमा सक्रिय छन् । साहित्यको विधामा मनहरु बहलाउने गर्दा राम्रा सिर्जना बजारमा आउने उनी बताउँछन् । ‘भाग्य लेख्ने मसी’ समग्र समाजको एक उदाहरण मात्र हो । सबैले भोगेको कुरा नै समाजको ऐना बनेर सिर्जना आएको मात्र हो’, गीतकार भट्टराईले भने ।

भाग्य लेख्ने मसीको स्टुडियोमा नै रेकर्डिङ अवस्थाको भिडियो तयार पारिएको छ । सुरेश पन्तको छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण भएको हो । भिडियोलाई म्यूजिक खबरको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।