दर्शकलाई इकुको इकुपिताङ

काठमाडौं । बालबालिकादेखि वृद्धवृद्धासम्म लोकप्रिय पात्र सुलेमान शंकर ‘इकु’लाई दर्शकले फेरि हेर्न पाउने भएका छन् । हास्यश्रृखला ‘इकुपिताङ’ मार्फत ‘इकु’ टेलिभिजनमा आउन लागेका हुन् ।

श्रृंखलाको कथा र निर्देशनसमेत सुलेमानकै रहेको छ । श्रृंखलामा सुलेमानको अलावा श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता खनाल, आरती लामा, सचिन शर्मा, गणेश इशारा, मनीष खड्का, माया थामी, सिमरन मट्ट, सरोज ढकाल, मिलन शंकर, बाल कलाकार कुशल लोहनी, दीपक थापामगर, सुमन मगर लगायतको अभिनय रहेको छ ।

श्रुंखलामा योगेश उपाध्यायको संगीत र विनय कार्कीको गीत छ । निर्देशक मरिचमान श्रेष्ठ र राजु पौडेलले केही समय अघि आफ्नो श्रृंखला ‘हल्का रमाइलो’को केही भागमा इकुलाई प्रस्तुत गरेका थिए । ग्लोबल टिभी एचडी र एसएमएस फिल्मको निर्माण रहेको ‘इकुपिताङ’ ग्लोबल टिभी एचडीबाट असारको दोस्रो साताबाट प्रसारण हुनेछ । ‘मेरी मास्सै’पछि सुलेमानले फिल्म ‘इकु’ बनाएका थिए ।

दर्शकले रुचाएको ‘इकु’ को भूमिकामा फेरि टेलिभिजनको पर्दामा देखिन लाग्दा निकै खुसी लागेको सुलेमानले बताए । श्रृंखलामा राजु पौडेल र मदन महर्जनको छायांकन र रविन बजगाईको सम्पादन छ । श्रृखलाको प्रोमो सार्वजनिक गरिएको छ ।