मुम्बई(एजेन्सी) । टेलिभिजनको चर्चित रियालिटी शो ‘बिग बोस १५’ फ्यानका लागि प्रतिक्षाको विषय बनेको छ । यो शो गत वर्ष कोरोना महामारी र लकडाउनका कारण निकै ढिला सुरु भएको थियो । अघिल्लो संस्करणमा रुबिना दिलाइक विजेता भइन् ।
‘बिग बोस १५’ मा प्रतिष्पर्धीको रुपमा यसपटक अभिनेत्री रिया चक्रवर्तीको नाम पनि अगाडि आएको छ । शोलाई सलमान खानले नै सञ्चालन गर्नेछन् । रिया विशेषत अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि चर्चामा आएकी अभिनेत्री हुन् । उनी सुशान्तको पूर्व प्रेमिका पनि हुन् ।
उनले ‘मेरे ड्याडकी मारुती’, ‘सोनाली केबल’ र ‘जलेबी’ जस्ता फिल्ममा अभिनय गरेकी छन् । रियाले यो शोमा सहभागिता जनाउन पाइन् भने उनका लागि सानो पर्दामा डेब्यू हुनेछ ।