ऋतिकलाई रावण बनाउदै अवतार टिम

मुम्बई(एजेन्सी) । बलिउड फिल्म स्टार ऋतिक रोशनको पछिल्लो रिलिज फिल्म ‘वार’को बम्पर सफलतापछि उनका फ्यानहरु ऋतिकलाई पुनः पर्दामा हेर्न लालयित छन् । कोरोना लहरको असर फिल्म स्टारको प्रोजेक्टमा पनि परेको छ । जसकारण अहिलेसम्म ऋतिकको आगामी फिल्मबारे केही घोषणा गरिएको छैन । यसैबीच उनीसँग सम्बन्धित एक खबर सार्वजनिक भएको छ ।

जसअनुसार ऋतिक निर्माता मधु मन्टेनाको नयाँ फिल्म ‘रामायण’मा रावण चरित्रमा देखिँदैछन् । निर्माताहरु फिल्मलाई विशेष बनाउन हलिउड फिल्म ‘अवतार’को प्राविधिकको सहयोग लिने तयारीमा छन् ।

‘अवतार’को कष्ट्युम डिजाइनरले ऋतिकलाई रावण गेटअपमा ढाल्ने जिम्मेवारी लिएका छन् । ऋतिकलाई रावणको लुक्समा देखाउनका लागि निर्माताहरु चाहे जति खर्च गर्न तयार छन् । फिल्ममा अभिनेत्री दीपिका पादुकोण सीताको चरित्रमा देखिदैछिन् ।

ऋतिक ‘रामायण’का अलावा ‘वार २’मा पनि व्यस्त हुनेछन् । ‘वार २’मा अघिल्लो संस्करणका अर्का अभिनेता टाइगर श्राफ हुने छन् या छैनन् केही खुलाइएको छैन । यी दुई फिल्मबाहेक ऋतिक ‘फाइटर’ र ‘कृष ४’मा पनि व्यस्त हुनेछन् ।