कसको द्राैपदी बन्दैछिन् रिया ?

मुम्बई(एजेन्सी) । केही दिन अघि मात्र अभिनेत्री रिया चक्रवर्ती ‘द टाइम्स ५० मस्ट डिजायरेबल वुमन २०२०’को शीर्ष स्थानमा रहिन् । यो सूची अनलाइन भोटिङमा आएको मत र आन्तरिक निर्णयबाट सार्वजनिक गरिएको थियो ।

समाचारअनुसार रियालाई पौराणिक कथा ‘महाभारत’बाट प्रेरित एक ठूलो प्रोजेक्टबाट अफर आएको छ । फिल्ममा आवश्यक द्रौपदीको चरित्रका लागि रिया फिट हुने भएकाले निर्माताले उनलाई प्रस्ताव गरेका हुन् ।

‘यो फिल्म आधुनिक समाजको महाभारतमा आधारित हुनेछ । यसअघि महाभारतमा नभएको कुरा यो फिल्ममा हुनेछ । द्रौपदीको भूमिका रिया चक्रवर्तीलाई अफर गरिएको छ र अहिले उनी यसमा विचार गरिरहेकी छन् । अहिले शुरुवाती चरणमा कुराकानी भइरहेको छ’, स्रोतले भनेको छ ।

गत वर्ष अभिनो सुशान्त सिंह राजपूतको आकस्मिक निधन पछि उनको प्रेमिका रहेकी रियाले धेरै आलोचना खेप्नु परेको थियो । केही समय हिरासतमा समेत बिताएकी उनी त्यहाँबाट छुट्कारा पाएपछि उनी सामान्य जीवनमा फर्किदैछिन् ।

कामको कुरा गर्दा रिया फिल्म ‘चेहरे’मा देखिँदैछिन् । फिल्ममा अमिताभ बच्चन, इमरान हासमी, अन्नू कपूर, रघुवीर यादवलगायतका कलाकारको अभिनय छ ।