राखीको आरोप–कोरोना भाइरस र बाबा रामदेव उस्तै

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री राखी सावन्त बलिउडमा ती अभिनेत्रीमा पर्दछिन्, जो विन्दास अन्दाज र बेवाक बोलीका कारण चर्चामा आउछिन् । उनी खुलेर जिउछिन् र खुलेरै बोल्छिन् । आफ्नो बोलीले विवाद आओस् या तारिफ पाओस्, यो कुरामा उनी चासो राख्दिनन् ।

हालैमात्र राखीले कोरोना भाइरसको तुलना योग गुरु बाबा रामदेवसँग गरेकी छन् । ‘कोरोना भाइरस रामदेवको जस्तै कहिले देखिने र कहिले लुक्ने गर्दछ’, उनले भनेकी छन् । उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

भाइरल भिडियोमा उनी आफ्नो कारको छेउमा उभिएकी छिन् । त्यही बेला फोटोग्राफरसँग कुरा गर्दै उनले रामदेवमाथि आरोप लगाएकी हुन् । ‘हे भगवान यो कोरोना छ नि, कोरोना मतलब साँच्चै रामदेवजी जस्तै छ । कहिले आउँछ, कहिले लुक्छ । कहिले बाहिर निस्कन्छ’, उनले भनेकी छन् ।