९५ वर्षमा प्रेमविवाह

न्यूयोर्क(एजेन्सी) । जोय मारो नल्टन(९५) एक डायरी राख्छिन् । उनलाई आज पनि जोन शुल्ट्स जूनियरका साथ न्यूर्योकमा भएको पहिलो लञ्चको तारिख सम्झना छैन । तर अहिले दुवै सँगै छन् ।

गत मे २२ मा दुवैले विवाह गरे । यही दिन उनीहरुले आफ्नो जन्मदिन मनाए । ‘यदी हाम्रो उमेर अझैं पाँच वर्ष बाँकी छ भने त्यो समयसम्म किन सँगै नबिताउने ?’, उनी भन्छिन् ।

जोय र शुल्ट्स दुवै सन् १९२६ मेमा जन्मिएका हुन् । विवाहको ६० वर्ष पछि दुवैको जीवनसाथी बिते । दुवै आ–आफ्नो घरमा एक्लै बस्थे । सुश्री मोरो न्यूयोर्कको टिल्सन इलाकामा बस्छिन् भने शुल्ट्स त्यहाँ नजिकैको हर्लेमा बस्छन् ।

शुल्ट्स उद्यमी रहँदारहँदै २०२० मा अवकाश भए । ‘हामी दुवै लामो समयदेखि एकअर्कालाई जान्दथ्यौं । सार्वजनिक स्थानमा प्रायः भेट्थ्यौं । जोन हँसमुख छन् र उनलाई आफू अगाडिको मानिसलाई कसरी प्रभावित पानुपर्छ भन्ने राम्ररी थाहा छ ।

शुल्ट्स जोय प्यारी र स्मार्ट रहेको बताउछन् । उनी जेयको सेन्स अफ ह्युमरबाट प्रभावित रहेछन् । दुवैको विवाहले परिवार पनि खुशी छन् । मोरोको तीन नातिनातिना र पाँच पनाति छन् भने शुल्ट्सको १० नाति र र पाँच पनाति छन् ।