२५ परिवारलाई चुरीफुरीकाे राहत

काठमाडौं । फिल्म ‘चुरीफुरी’ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाडौको बसुन्धरामा रहेका केही पीडितहरुलाई खाद्यान्न तथा मास्क प्रदान गरेको छ ।

गत वैशाख १६ गतेदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको बिरामी र ज्याला मजदुरहरुलाई चामल, तेल, नुन, बिस्कुट, मास्कजस्ता सामग्री करिब २० दिनदेखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको फिल्मका निर्माता तथा निर्देशक ऋषिराज आचार्यले बताए ।

फिल्मको तर्फबाट आचार्यसहित सह–निर्माता विमला भुषालले राहत वितरण गरेका हुन् । फिल्म आगामी असोज १ गते रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा रविन्द्र झा, अभिषेक श्रेष्ठ, राजिवजंग बस्नेत, पुजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पन्डित, सुनिता श्रेष्ठ, ऋतु आचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल(जोया), महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, सरिस्मा मगरलगायतको अभिनय छ ।

फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशक आचार्य आफैं छन् ।