गजलमा यो शिर झुकेको छैन

काठमाडौं । गायक तथा संगीतकार हरी लम्सालको नयाँ गजल ‘यो शिर झुकेको छैन’ सार्वजनिक भएको छ । गजलमा कपिल अन्जानको शब्द र हरीकै स्वर र संगीत छ ।

देश प्रेम र स्वाभिमानी नेपालीको भावना उजागर गरिएको गजलको भिडियोमा शंकर पराजुली र आस्था बस्नेत फिचर्ड छन् ।

टुवेल नोट्सको अफिसियल च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको गीतको भिडियोमा शक्ति पाख्रिनको निर्देशन, मिलन एक्स तामाङको छायांकन र अन्जल शर्माको सम्पादन रहेको छ ।

भिडियोका निर्माता केशव भट्टराई र निरज अर्याल हुन् ।