नमिताको सांगीतिक म मजदुर मायाको

काठमाडौं । गायक केशव भावुकको नयाँ गीत ‘म मजदुर मायाको’को भिडियो सार्वजनिक गरिएको छ । गीतमा नमिता दबाडीको शब्द र केशव भावुककै संगीत छ ।

गीतमा प्रेम, विरह र विछोडका कथालाई मुख्य विषय बनाइएको छ । गीतमा उदयराज पौडेलको एरेञ्ज छ ।

अशोक मर्हजनको मिक्सिङ रहेको गीतको छायांकन, सम्पादन र कलरिगं मिराज अर्यालले गरेका हुन् । जसको निर्देशन पनि अर्यालले नै गरेका छन् । भिडियोका निर्माता महेशबाबु दवाडी हुन् ।