गजलमा डब्बुको अँधेरीमा

काठमाडौं । गायक सुवर्ण कुमार र गायिकाद्वय सरिता भारती तथा दीपा कोइरालाको स्वरमा रहेको गजल ‘अँधेरीमा’ को भिडियो सार्वजनिक भएको छ । गजलमा सुवर्ण कुमारको संगीत र डब्बु क्षेत्रीको शब्द छ ।

गजलको भिडियोमा सरिता भारती, राहुल श्रेष्ठ, जोयल्स बस्नेत र बिना राना मगर फिचर्ड छन् ।

डब्बुकै निर्देशन रहेको भिडियोमा सुरेशकुमार राउतको सम्पादन, रामशरण उप्रेतीको छायांकन र श्याम बरालको मेकअप छ । भिडियो दिलक्षण क्रिएसनले निर्माण गरेको हो ।