इशानको धरानकी सान्नानी युट्युब ट्रेन्डिङमा

धरान । द भ्वाईस अफ नेपालको नकआउट राउण्डसम्मको यात्रा तय गरी बाहिरिएका गायक इशान राईको स्वरमा रहेको गीत ‘धरानकी सान्नानीको सम्झना पो आयो है’ युट्युबको ट्रेन्डिङमा आएको छ ।

गीतमा भर्सटायल राजेशपायल राईको संगीत तथा तुलसी बस्नेतको शब्द छ । गीतको भिडियोलाई राजेशपायलकाे युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।

भिडियोमा गायक इशानसँगै राजेशपायल फिचर्ड छन् । गायक दीप श्रेष्ठको टिममा रहेका गायक इशान र नकआउट राउण्डबाट नै बाहिरिएकी गायिका मेलिना मैनालीसँग सहकार्य गराउदै राजेशपायलले एक गीत रेकर्ड गराउने तयारीमा छन् ।