सगरमाथा आरोहण गर्दै अभिनेता इवान

लसएञ्जल्स(एजेन्सी) । हलिउड अभिनेता इवान मेकग्रेगरले सगरमाथा आरोहण गर्ने भएका छन् । सेम ह्यूगन र मार्क स्ट्रङ जेफ्री आर्चरको उपन्यास ‘पाथ्स अफ ग्लोरी’मा आधारित रोमाञ्चक थ्रिलर फिल्म ‘एभरेस्ट’मा उनी आरोहीका रुपमा देखिन लागेका हुन् ।

डी लीमनले निर्देशन गर्ने फिल्मको कथा ओस्कार मनोनित लेखक स्क्राइब टर्नरले लेख्नेछन् । फिल्मको कथा सन् १९२१ को एक घटनामा आधारित छ । जसमा सगरमाथा आरोहण गर्नका लागि ब्रिटेनको रोयल जियोग्राफिक सोसाइटीका आर्थर हिङक्सले जर्ज मेलोरीलाई छनोट गर्छन् ।

फिल्ममा प्रथम विश्वयुद्ध पनि आफ्नो प्रभाव गुमाएको ब्रिटिश साम्राज्यका लागि सगरमाथा आरोहण गरेर जीत हासिल गर्न आवश्यक रहेको देखाइनेछ ।