मुम्बई(एजेन्सी) । बलिउड निर्माताद्वय एकता कपूर र रोहित धवनले तेलुगूको ब्लकबस्टर फिल्म ‘अला बैकुण्ठपुरमलो’को हिन्दी रिमेक अधिकार लिएका छन् । यो फिल्ममा कार्तिक आर्यन र कृति सेनन प्रमुख भूमिकामा देखिँदैछन् ।
फिल्ममा अभिनेत्री मनीषा कोइरालाले कार्तिकको आमाको भूमिकामा अभिनय गर्दैछिन् । यो भूमिकाका लागि अभिनेत्री तब्बुलाई प्रस्ताव राखिए पनि कार्तिक र तब्बुले यसअघि नै फिल्म ‘भूल भुलैया २’मा अभिनय गरेका कारण निर्माताहरुले तब्बुलाई अभिनय गराउन चाहेनन् ।
फिल्मका लागि मनीषाले सहमति जनाइसकेकी छन् । सुटिङमा जानुअघिको सम्पूर्ण तयारी पुरा भइसकेको छ । यसै वर्ष सुटिङमा जाने फिल्म सन् २०२२ मा रिलिज हुनेछ । निर्माताले प्रमुख चाडपर्वको मौका पारेर रिलिज गर्ने योजना बनाएका छन् ।