एक कप चियाको मूल्य ५१ सय रुपैंयाँ !

उत्तर कोरिया(एजेन्सी) । कोरोना भाइरसको संकटबीच उत्तर कोरिया भोकमरी समस्यामा जुधिरहेको छ । यो देशमा अब दुई महिनाका लागि मात्र खानेकुरा बचेको छ । यहाँका सर्वोच्च नेता किम जोङ उनले देशको अवस्था अझ खराब हुनसक्ने चेतावनी दिइसकेका छन् ।

उत्तर कोरियामा खाने कुराको कमीका कारण एक कप चिया पनि ५१ सय रुपैंयाँमा बिक्री भइरहेको छ । एक कप कफीको मूल्य ७३ सय रुपैंयाँ पुगेको छ । एक किलो केराको मूल्य ३ हजार ३ सय ३६ पुगेको छ ।

कोरोना संकटमा उत्तर कोरियाले दोहोरो मार झेलिरहेको छ । उत्तर कोरियाले महामारीबाट बच्नका लागि चीनसँग जोडिएका आफ्ना सीमा नाका बन्द गरेको छ । जसकारण अत्यावश्यक सामानको आपूर्तिमा रोक लागेको छ ।

यसै वर्ष आएको समुन्द्री आँधीका कारण देशको अन्नबालीमा ठूलो क्षति पुगेको छ । जसकारण उत्तर कोरियाको कृषि उत्पादन ठप्प भएको छ । यही संकटका कारण मुलुकमा केवल दुई महिनाका लागि मात्र खाद्यान्न बचेको छ ।