रेखा र टेकेन्द्रको मलाई त तै सुवा मन पडी

काठमाडौं । देउडा गायिका रेखा जोशी र गायक टेकेन्द्र रोकायाको स्वरमा रहेको नयाँ गीत ‘मलाई त तै सुवा मन पडी’ को भिडियो सार्वजनिक भएको छ । गीतमा युवा अवस्थामा भएका प्रेमील जोडीको मनको भावनालाई समेटिएको छ ।

गीतमा वसन्त चन्दको शब्द तथा टेकेन्द्र रोकायाको संगीत एवं केशव बडुको संगीत संयोजन छ । भिडियोमा विक्रम चौहान, अरनवी ढुंगाना र नवराज बराल फिचर्ड छन् ।

भिडियोमा विक्रम चौहानको निर्देशन, प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन छ ।