रोहितले ल्याए चिसो चिसो हावा चल्यो

धरान । विश्व संगीत दिवसको अवसर पारेर धरानका गायक रोहित मास्केले नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् । आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक लिरिकल भिडियो गीतमा गायक मास्केकै शब्द र संगीत रहेको छ ।

जेम्स प्रधानको संगीत संयोजन तथा मिक्सिङ रहेको गीत धरानको भावना स्टुडियोमा रेकर्ड गरिएको हो । धरानका पुराना गायक रोहित लामो समयको विदेश बसाईपछि ५ वर्ष यता धरानैमा व्यवसायसँगै संगीतमा सक्रिय छन् ।

एक वर्ष अघि कोभिड महामारीमा केही गीतहरु सार्वजनिक गरेका गायक मास्केले एक वर्ष पछि नया गीत सार्वजनिक गरेका हुन् । गायक मास्केका अनुसार गीतको म्यूजिक भिडियो चाँडै दर्शकमाझ आउनेछ ।