युथ सर्कल अभियानमा जोडिए गायक युवराज

काठमाडौं । राजधानीको नयाँ बसपार्क नजिकै माछापोखरीमा १८ दिन यताबाट चलिरहेको निःशुल्क रुपमा खाना वितरण अभियानमा गायक युवराज चौलागाई जोडिएका छन् ।

वीपी स्टडी युथ सर्कलको अभियानअन्तर्गत ९ हजार भन्दा बढी ब्यक्तिहरुलाई निःशुल्क रुपमा खाना वितरण गरिएको छ ।

सोमवार बिहान गरिएको खाना वितरण कार्यक्रममा गायक युवराजले संकटको बेला सहयोग गर्नु धर्म रहेको बताए । उनले आगामी दिनमा पनि युवाहरुले सच्चा मनले गरेको यस्ता अभियानमा सधै साथ र सर्मथन रहने जनाए ।

यो अभियानको अगुवाइ युवा नेता भुपेन्द्रजंग शाहीले गरेका थिए भने अभियानमा ऋषि कोइराला, सुमन गिरी, सुवास कट्टेललगायतका युवाहरुको सक्रियता रहेको थियो ।