अनलाइन जोक्स फिनालेमा चार प्रतिष्पर्धी

काठमाडौं । अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको सेमिफाइनलको नतिजा सार्वजनिक भएको छ । जसमा झापाका मनीष आचार्य, काठमाडौंका सुलब भट्टराई, लुम्बिनीका निश्चल अर्याल र ललितपुरका महेश खनालले फाइनलमा प्रतिष्पर्धा गर्दैछन् ।

आयोजक रिदम स्क्रिनका निर्देशक कमल राईका अनुसार यो साता काठमाडौंका सुलब भट्टराईले उत्कृष्ट प्रस्तुति दिँदै ‘वेस्ट पर्फमर अफ द विक’ बनेका छन् । जुलाईमा हुने फाइनल प्रतियोगिताका निर्णायकहरुमा बुद्धि तामाङ (हैट), अमेरिकमा रहेका अभिनेता भानु तिवारी र सिक्किममा रहेका दिलिप गुरुङ रहेका छन् ।

यसैबिच रिदम स्क्रिनले अनलाइन नेपाली रमाइलो जोक्स प्रतियोगिताको भिडियो लाइक शेयर कमेन्ट गर्ने दर्शकहरुलाई समर्थकका रुपमा पुरस्कृत गर्दै आएको छ ।निर्देशक राईका अनुसार प्रथम, द्धित्तीय र तृतीय हुनेलाई क्रमश ३ लाख, २ लाख र १ लाख नगद उपलब्ध गराइनेछ। त्यस्तै चौथो हुनेलाई पनि सान्तवना स्वरुप रु ५० हजार उपलब्ध गराइने आयोजकले जनाएको छ ।

कोरोनाको समयमा विश्वनै लकडाउनले थलिएका बेला संसारभर रहेका नेपालीहरुलाई थोरै भएपनि मनोरञ्जन होस् भन्ने हिसाबले यो रमाइलो मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको निर्देशक राईले बताए ।