आभूषणसँग सन्ध्याको कानूनी विवाह

काठमाडौं । अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत ‘खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’ भन्दै आभूषणसँग विवाह गरेको उल्लेख गरेकी छन् ।

‘हामीले कानुनी रुपमा एक अर्कालाई स्वीकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ,’ उनले लेखेकी छन् ।

उनले कोभिड महामारीपछि सामान्य अवस्था आउनासाथ धार्मिक परम्परा अनुसार विवाह गर्ने जनाएकी छन् । फिल्म ‘ड्रिम्स’बाट उदाएकी सन्ध्याले फिल्म ‘पण्डित बाजेको लौरी’मा अभिनय गरेकी थिइन् ।