रेजिनाको प्रशंसा गर्दै सुनील

काठमाडौं । गायक, गीतकार तथा संगीतकार बालकृष्ण न्यौपानेको स्वरमा नयाँ गीत ‘प्रशंसा गर्छौ’को भिडियो सार्वजनिक भएको छ । एलबम ‘प्रशंसा’मा रहेको गीतमा गायक न्यौपानेकै शब्द तथा संगीत छ ।

भिडियोमा मोडल सुनील क्षत्री र रेजिना मगरको रोमान्स देख्न सकिन्छ । डान्सिङ शैलीको गीतको भिडियोमा प्रेमिल युवायुवतीको कथा देखाइएको छ । सुरज श्रेष्ठ निर्देशित भिडियोमा अमृत चापागाईंको सम्पादन, दीपक गिरीकोा छायांकन र प्रशान्त मगरको कोरियोग्राफी छ ।

भिडियोका निर्माता ठाकुर न्यौपाने र झुमा तिमसिना हुन् । भिडियो गायक न्यौपानेको आफ्नै च्यानल बिके क्रियशनबाट बजारमा आएको हो । गायक न्यौपानले केही समय अघि मात्रै ‘चञ्चले मन’बोलको भिडियो सार्वजनिक गरेका थिए ।