बगर भयो जिन्दगीमा भीम र आयुष्माको पीडा

काठमाडौं । भीम खड्का र आयुष्मा कार्कीको अभिनय रहेको गीत ‘बगर भयो जिन्दगी’ को भिडियो सार्वजनिक भएको छ । मायामा पाएको घातलाई गीतमा समेटिएको छ ।

गायक तेजसागर भट्टराई र गायिका तुलसी घर्ती मगरको स्वर रहेको गीतमा जातीय भेदभावका कारण अलग्गिएको कथालाई देखाइएको छ । एसथ्रीके इन्टरटेन्मेन्टले भिडियो बजारमा ल्याएको हो ।

भिडियोमा प्रकाश खड्काको छायांकन, लक्ष्मण चौहानको सम्पादन, देवेन्द्र कुँवरको निर्देशन छ ।