चन्द्राको तम्रा मायालेमा गरिमा

काठमाडौं । गायिका चन्द्रा आचार्यको तीज गीत ‘तम्रा मया’ले सार्वजनिक भएको छ । खप्तडदेखि रारासम्मका प्राकृतिक तथा सांस्कृतिक विषय समेटिएको पश्चिमी लोक शैलीको यो गीतमा लक्ष्मीप्रसाद गौतमको शब्द छ ।

गीतमा गौरव दर्पणको संगीत र सुरथ प्रधानको संगीत संयोजन तथा मित्र लामाको रेकर्डिङ र मिक्सिङ छ । गीत सुर संगीत रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियोमा गरिमा शर्मा, कमल देवकोटा, मनायु गौतम, एन्जेल कार्की फिचर्ड छन् । रमेश थापा निर्देशित भिडियोमा एउटी युवतीले बाल्यकालदेखि नै आपूmले मन पराएको केटालाई नै श्रीमानको रुपमा कल्पना गरी विवाह र तत्पश्चात विभिन्न ठाउँमा घुम्न गएको देखाइएको छ ।

नहकुल खड्काको सम्पादन रहेको भिडियोमा शिव ढकालको छायांकन, सुरेश पाण्डेको कोरियोग्राफी छ । भिडियो ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।