सय घर मुसहरलाई पलको सहयोग

महोत्तरी । विदेशमा बस्ने नेपालीले पठाएका सहयोग अभिनेता पल शाहले महोत्तरीको अति विपन्न मुसहर बस्तीमा पु¥याएका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले संयुक्त अरब इमिरेट्सबाट पठाएका सहयोग अभिनेता शाहले महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुरस्थित अति विपन्न मुसहर बस्तीमा पु¥याएका हुन् ।

कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकभोकै बस्न बाध्य भएका सो बस्तीका सय घर मुसहरले आइतबार कलाकार शाहबाट खाद्यान्न राहत पाएका हुन् । कलाकारले शाहले प्रतिपरिवार चामल २० किलोग्राम, दाल एक किलोग्राम, खानेतेल एक लिटर, नुन एक किलो, हातधुने साबुन–२ वटा, सेनिटाइजर तथा मास्कलगायत स्वास्थ्य सामग्रीसहितको राहत पोका उनीहरूलाई वितरण गरेका थिए ।

दुबईमा बस्ने दाई आशिष पुरुषसहितका सहयोगी मनले महाव्याधिको चपेटामा परेर खानै मुश्कील परेकालाई तत्काल आँसु पुछी दिन गरेका अनुरोधसहितको सहयोग रकमबाट राहत वितरण गरिएको शाहले बताए । भोकले स—साना नानी रुँदा नसुनेजस्तो गरेर मुण्टो फर्काउनु पर्ने अवस्था अब केही दिनलाई हराएको राहत पाउने मुसहरले बताएका छन् ।

भरतपुरकै वासिन्दा वीरगञ्ज टेलिभिजनका प्रवन्धक दिपेश श्रेष्ठको समन्वयमा मुसहर बस्ती पुगेका अभिनेता शाहले भोकाहरूको आँसु पुछ्न आपूm आइरहने र थप सहयोग जुटाउन पहल गरिरहने बताए ।

एक साताअघि गौशाला–४ मल्हनियाँपोखरीचोकका ४३ परिवार मुसहरलाई अरब राष्ट्रतिर काममा रहेका ८० नेपाली युवाले पठाएका सहयोगले राहत बाँडिएको थियो । सो सहयोगबाट जिल्लाका १०८ परिवार गरिबलाई राहत दिने लक्ष्य रहेको समन्वयकर्ता टाइगर सेवा समाजले जनाएको छ ।