मार्यो मार्योमा शंकर र कविता

काठमाडौं । गायक अभय ढुंगेल नयाँ गीत ‘मार्यो मार्यो’ लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । यो गीतमा उनलाई गायिका रेश्मा सुनुवारले साथ दिएकी छन् । गीतमा अभयकै शब्द तथा संगीत छ ।

आर्टिस्ट नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा शंकर बिसी र कविता न्यौपाने फिचर्ड छन् ।

बाबु प्रधानको संगीत संयोजन रहेको गीत मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् । भिडियोमा शंकर बिसिको निर्देशन र कोरियोग्राफी छ ।