सनी लियोनीलाई फ्यानको धम्की

मुम्बई(एजेन्सी) । बलिउड अभिनेत्री सनी लियोनी सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । आफ्नो फोटो र भिडियोले उनी फ्यानलाई मनोरञ्जन दिलाई रहन्छिन् । हालैमात्र उनले एक तस्वीर सामाजिक सञ्जालमा राखेकी थिइन् । जुन तस्वीरपछि उनलाई फ्यानले धम्की दिएका छन् ।

सनीले जून २७ मा एक फोटो ट्वीट गरेकी थिइन् । जुन तस्वीरमा सनी निकै राम्री देखिएकी छन् । उनको यो तस्वीरमा प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।

तर मंगलबार उनको एक फ्यानले सनीको केही भिडियो आफूसँग रहेको र सनीले प्रतिक्रियाको जवाफ नदिए ती भिडियो भाइरल बनाउने धम्की दिएका थिए । त्यो प्रयोगकर्ताको ट्वीट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

हालैमात्र सनीको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । जसमा सनी मुम्बईको सडकमा पति डेनियल वीबरसँग साइकल चलाइरहेकी थिइन् ।

सनी फिल्म ‘मोतीचूर चकनाचूर’ मा विशेष भूमिकामा देखिँदैछिन् । उनी चाँडै विक्रम भट्टको फिल्म ‘अनामिका’मा देखिँदैछिन् ।