रौनकको जीवनसंगिनी बनिन् सुपुष्पा

काठमाडौं । अभिनेत्री सुपुष्पा भट्टले प्रेमी रौनकविक्रम कँडेलसँग लगनगाँठो कसेकी छन् । ‘रणवीर’, ‘छ माया छपक्कै’ अभिनेत्रीले ‘कबड्डी’ र ‘मिष्टर झोले’ निर्माता रौनकसँग शुक्रबार राजधानीको गोकर्ण फरेष्ट रिसोर्टमा विवाह गरेकी हुन् । उनीहरुले गत वैशाख १५ गते इन्गेजमेन्ट गरेका थिए ।

सुपुष्पा एक वर्षदेखि रौनकसँग प्रेममा थिइन् । सुपुष्पा अभिनित फिल्म ‘चपली हाइट ३’ रिलिजको पखाईमा छ ।

दुई वर्ष अघि नै रिलिज हुनुपर्ने यो फिल्म कोभिड महामारीका कारण रिलिज भएको छैन ।